उकेरामाथिको छेडखानी जघन्य अपराध: पत्रकार महासङ्घका अध्यक्ष पोखरेल

काठमाडौं: पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोखरेलले 'उकेरा डटकम'माथिको छेडखानी जघन्य अपराध भएको बताएका छन्। आज अनलाइन पत्रकार सङ्घको १५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन्।
उनले अनधिकृत रूपमा अनलाइनको सीएमएसमा प्रवेश गरेर समाचार हटाउनु गम्भीर र प्रेस स्वतन्त्रतामाथिको आक्रमण र जघन्य अपराध भएको बताएका हुन्।
'उकेरामाथि जसरी छेडखानी गरिएको छ यो जघन्य अपराध हो। अनलाइनमाथिको चुनौती हो', उनले भने, 'यो बारेमा महासङ्घले गम्भीर रूपमा लिएको छ।'
मंसिर २२, २०७९ बिहीबार १३:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।