तोलामा चार सय रुपैयाँले महँगियो सुन

तोलामा चार सय रुपैयाँले महँगियो सुन

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य महँगिएको छ। आज सुन तोलामा चार सय रुपैयाँले बढेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ७०० कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार २०० रहेको छ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १० ले बढेको छ। आज चाँदी तोलामा एक हजार ३६० तोकिएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।

मंसिर २२, २०७९ बिहीबार १२:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।