राजेन्द्र महतोको उपस्थितिमा निर्वाचनमा भएको पराजयको समीक्षा गर्दै लोसपा

राजेन्द्र महतोको उपस्थितिमा निर्वाचनमा भएको पराजयको समीक्षा गर्दै लोसपा

काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समीक्षा सुरु गरेको छ। लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो।

२०७४ सालको निर्वाचनमा धनुषा–३ बाट महतोले चुनाव जितेका थिए। यसपटक भने सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई छाडेर उनी सर्लाही–२ बाट चुनाव लडेका थिए। तर धनुषा–३ र सर्लाही–२ दुवै स्थानमा दुवै नेता पराजित भए।

झा एमालेकी जुली महतोसँग हारे भने महतो नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवसँग हारे।

धनुषा–३ महतोको पुरानो चुनावी क्षेत्र भएको कारणले उनलाई पनि बैठकमा सहभागी गराई समीक्षा सुरु गरिएको लोसपाका नेता मनोज चौधरीले जानकारी दिए। सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेता झा कसरी पराजित भए भन्नेबारेमा समीक्षा भइरहेको उनले बताए।

मंसिर २२, २०७९ बिहीबार १०:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।