लिग टु अन्तर्गत आज नेपाल र स्कटल्याण्ड भिड्दै

लिग टु अन्तर्गत आज नेपाल र स्कटल्याण्ड भिड्दै
फाइल तस्बिर । क्यान

काठमाडौं: आईसीसी विश्वकप लिग टु अन्तर्गत आज नेपाल र स्कटल्याण्ड भिड्दैछन्। आफ्नो चौथो खेलस्वरूप नेपालले स्कटल्याण्डको सामना गर्ने भएको हो।

खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ। 

नेपाल, नामिबिया र स्कटल्याण्डको सहभागिता रहेको यस त्रिदेशीय श्रृङ्खलामा यसअघि हिजो सम्पन्न तेस्रो खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भएको थियो। यस्तै आफ्नो तेस्रो खेलमा स्कटल्याण्ड पनि नामिबियासँग पराजित भएको थियो।

सात टोली सहभागी विश्वकप लिग टुमा नेपाल आठ जित र १३ हारसहित २३ खेलमा १८ अंकसहित छैठौँ स्थानमा छ। स्कटल्याण्ड भने ३१ खेलमा २१ जितका साथ ४४ अंकसहित शीर्ष स्थानमा छ।

मंसिर २२, २०७९ बिहीबार ०९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।