धर्नामा बसेका कानुन व्यवसायीमाथि चोलेन्द्र समर्थकबाट जुत्ता प्रहार

धर्नामा बसेका कानुन व्यवसायीमाथि चोलेन्द्र समर्थकबाट जुत्ता प्रहार

काठमाडौं : बुधवार प्रधानन्यायाधीशको निलम्बन फुकुवा भएका चोलेन्द्र समसेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसिरहेका कानुन ब्यवसायीहरुलाई राणाका समर्थक बताउने तारा बरालले जुत्ता प्रहार गरेकी छिन्।

अदालतको गेटभित्र नेपाल बार एसोसिएसनको नेतृत्वमा धर्ना भइरहेको छ। गेट बाहिर राणाको पक्षधरहरू भेला भइरहेका छन्। सर्वोच्च प्रशासनले प्रहरीलाई आफ्नो अनुमतिबिना राणालाई अदालतमा प्रवेश गर्न नदिन निर्देशन दिएको छ।

तर राणा सर्वोच्चमा हाजिर गर्न पाउनुपर्ने भन्दै कानुन ब्यवसायीहरुलाई लक्षित गरेर जुत्ताले हानेकी थिइन्। उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेका छन्। 

मंसिर २१, २०७९ बुधबार १५:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।