‘संसद सचिवालयबाट पत्र आउनु षडयन्त्रमुलक’

काठमाडौं : सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई दिएको पत्र षडयन्त्रमुलक भएको टिप्पणी गरेका छन्।
बुधबार सर्वोच्च परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले अधिवेशन बस्न बाँकी भएको अवस्थामा पत्र आउनु षडयन्त्रमूलक भएको बताए। यसरी पत्र दिन नमिल्ने बताउँदै उनले यसले मान्यतासमेत नपाउने जिकिर गरे।
गत २०७८ फागुन १ गते प्रधानन्यायाधीश जबराको कार्य सम्पादन राम्रो नभएको भन्दै सत्ता गठबन्धनका सांसदहरूले उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। त्यसलगत्तै जबरा निलम्बनमा परेका थिए।
बुधबार संघीय संसदका महासचिव भरतराज गौतमले जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र दिएपछि जबरा सर्वोच्च अदालत जाने तयारीमा छन्।
मंसिर २१, २०७९ बुधबार १३:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।