मंगलबार घटेकाे सुनचाँदीको मूल्य बुधबार स्थिर

काठमाडौं : मंगलबार घटेको सुनचाँदीको मूल्य बुधबार स्थिर रहेको छ।
मंगलबार छापावाल सुनमा ६ सय रूपैयाँ घटेर तोलामा ९९ हजार ३ सय रूपैयाँमा कारोबार हुँदा तेजाबी सुन ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।
बुधबार पनि सोही मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, चाँदी आज तोलाको १ हजार ३५० रूपैयाँमा कारोबार हुनेछ।
मंसिर २१, २०७९ बुधबार १०:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।