मोटरसाइकलको ठक्करबाट २९ वर्षीय युवक गम्भीर घाइते, चालक फरार

काठमाडौं : काठमाडौं महानगरपालिका–३२ मुनिभैरवमा एक मोटरसाइककले ठक्कर दिँदा अर्का मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
मंगलबार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा एक जना गम्भीर घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
अल्फाबेट नखुलेको ८२४५ नम्बरको मोटरसाइकलले प्रदेश २ ०२७ प ७६५९ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका ७६५९ नम्बरको मोटरसाइकलका चालक २९ वर्षीय आशिष कोइरालाको माइतीघ स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
फरार मोटरसाइकल चालक र मोटरसाइकलको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
मंसिर २१, २०७९ बुधबार १०:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।