आयाेगले समानुपातिककाे सिट बाँडफाँट गर्दै, स्वतन्त्र पार्टीले १३ सिट पाउने

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फको सिट बाँडफाँट बुधबार (आज) गर्ने भएको छ।
समानुपातिकतर्फको मतगणना सम्पन्न भएकाले बुधबार सिट बाँडफाँट गर्ने तयारी भइरहेको आयोगका पदाधिकारीले जानकारी दिए।
प्रतिनिधि सभाको समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको छ। जसअनुसार प्राप्त मतअनुसार एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५ र जनमत पार्टीले ५ सिट पाउनेछन्।
प्रतिनिधि सभामा प्रत्यक्षमा जितेका नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र नेमकिपाले भने थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिकतर्फको सिट पाउने छैनन्।
आयोगले सिट घोषणा गरेपछि दलहरूले बन्द सूचीमा समावेश भएका नामबाट समावेशी प्रतिनिधित्वको सिद्धान्तअनुसार सांसद तोक्नेछन् ।
दलहरूले तोकेका नामहरू समावेशी सिद्धान्तअनुसार भए नभएको रुजु गरेपछि आयोगले निर्वाचनको प्रतिवेदन तयार पारेर राष्ट्रपति समक्ष बुझाउने छ।
मंसिर २१, २०७९ बुधबार ०९:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।