आयुर्वेद चिकित्सालयले माग्याे स्टाफ नर्ससहित १० कर्मचारी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तरगतको आयुर्वेद चिकित्सालयले स्टाफ नर्ससहित १० कर्मचारी मागेको छ।
चिकित्सालयले स्टाफ नर्ससहित १० जना कर्मचारी करार सेवामा लिन लागेको सार्वजनिक सूचना प्रकाशित गरिएको छ। सूचनामा इच्छुकले सात दिनभित्र दरखास्त दिन पनि आह्वान गरिएको छ।
चिकित्सालयले नवौं तहको १ जना रेडियोलोजिस्ट, पाँचौं तहको २ जना अकुपञ्चर सहायक, पाँचौं तहकै ४ जना स्टाफ नर्स तथा रा.प्र. अनंकित प्रथम तहको कम्प्युटर अपरेटर, चौथो तहको ल्याब असिस्टेन्ट र चौथो तहकै वैद्य एक–एक जना माग गरेको हो।
मंसिर २१, २०७९ बुधबार ०८:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।