आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज नामिबियाको सामना गर्ने

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलाका लागि नामिबिया भ्रमणमा रहेको नेपालले बुधबार तेस्रो खेल खेल्दैछ।
नेपालले युनाइटेड क्रिकेट मैदानमा दिउँसो १ः४५ मा घरेलु टोलीको सामना गर्न लागेको हो। यो श्रृंखलामा नेपाल, नामिबियासहित स्कटल्याण्डको सहभागिता छ।
यो श्रृंखलाको पहिलो खेल वर्षाका कारण बिथोलिँदा नेपाल र नामिबियाले अंक बाँडेका थिए।
दुई खेल खेलेको नेपालले १ मा हार तथा १ मा अंक बाँडेको छ। नामिबियाले तीन खेल खेल्दा १ मा जित, १ मा हार र १ मा अंक बाँडेको छ ।
सात टोली सहभागी विश्वकप लिग–२ मा नेपाल २२ खेलमा १८ अंकसहित अन्तिमबाट दोस्रो स्थानमा छ। नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा छ।
मंसिर २१, २०७९ बुधबार ०७:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।