वर्ल्ड कपबाट स्पेन बाहिरियो, मोरक्को पहिलो पटक क्वाटर फाइनलमा

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलकाे अन्तिम १६ बाट २०१० को विश्वविजेता स्पेन बाहिरिएकाे छ।
एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ३-० ले पराजित गर्दै माेरक्काे क्वाटर फाइनल प्रवेश गरेकाे हाे।
निर्धारित समयमा गोलरहित बराबरी भएपछि ३० मिनेटको समय थप गरियो।
थपिएको समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गयो।
पेनाल्टी सुटआउटमा मोरक्कोले चार वटा प्रयास गर्दा ३ गोल गर्यो भने स्पेनले तीनपटक प्रयास गर्दा एकपटक पनि जाली चुमाउन सकेन।
स्पेनको पहिलो प्रयास बारमा लागेको थियो भने पछिल्लो दुई प्रयासलाई मोरक्कोका गोलकिपर यासिन बोउनोउले छेके।
स्पेन टप १६ मै चित्त बुझाएर घर फर्कँदै छ भने मोरक्को पहिलो पटक विश्वकपको क्वाटर फाइनल खेल्दै छ।
मंसिर २०, २०७९ मंगलबार २३:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।