पोर्चुगल पठाइदिन्छु भन्दै २७ लाख ठगी, झापाका आचार्य पक्राउ

पोर्चुगल पठाइदिन्छु भन्दै २७ लाख ठगी, झापाका आचार्य पक्राउ

काठमाडौं : पोर्चुगल पठाइदिन्छु भनेर रकम ठगेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका–७ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्य रहेका छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिन्छु प्रतिव्यक्ति १२ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २७ लाख रूपैयाँ ठगी गरी सम्पर्कविहीन भएका आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुर गठ्ठाघरबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।

मंसिर २०, २०७९ मंगलबार १७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।