नेप्सेमा सामान्य गिरावट, कारोबार १ अर्ब मुनि नै

नेप्सेमा सामान्य गिरावट, कारोबार १ अर्ब मुनि नै

काठमाडौं : साताको तेस्रो दिन नेप्सेमा सामान्य गिरावट आएको छ।

मंगलबार नेप्से परिसूचक ४.८७ अंकले घटेर १९३३.८८ विन्दुमा आउँदा क वर्गका कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक १.५६ अंकले घटेर ३७८.०८ विन्दुमा आइपुगेको छ।

बजार घट्दा त्यसको असर कारोबारमा पनि देखिएको छ। यसदिन २३८ कम्पनीको २५ लाख ८१ हजार ४२५ कित्ता शेयर किनबेच हुँदा ९६ करोड ५२ लाख १० हजारको कारोबार भएको छ।

उपसूचक समूहतर्फ मंगलबार जीवन बीमा, लघुवित्त र अन्य समूहमा मात्र सामान्य वृद्धि भएका छन्। त्यसबाहेकका सबै उपसूचक समूह राताम्मे भएका छन्।

यसदिन ७८ कम्पनीका लगानीकर्ताले कमाउँदा १०९ कम्पनीकाले गुमाएका छन्। बाँकी १२ कम्पनीको सूचक स्थिर रह्यो। आज शिवम् सिमेन्टमा लगानीकर्ताले ८ करोडको कारोबार हुँदा हिमालय डिस्टिलरीको पनि ५ करोड ५० लाखको कारोबार भएको छ।

मंसिर २०, २०७९ मंगलबार १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।