बेनेलीको शोरुम अब पोखरामा

बेनेलीको शोरुम अब पोखरामा

काठमाडौं : बेनेली मोटरसाइकलको नेपालका लागि एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले पोखराको नयाँबजारमा नयाँ शोरुम र सर्भिस सेन्टर खोलेको छ।

ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्दै आएको छ।

अहिले नेपालमा विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन्।

थ्रीएस सुविधासम्पन्न रहेको यो शोरुममा अब सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुनेछन्। पोखरामा नयाँ शोरुम खोल्दा ग्राहकहरूलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्ने कम्पनीको विश्वास छ।

नयाँ शोरुमको उद्घाटनमा कम्पनीले ३० हजार छुट, एक्सचेन्जमा न्यूनतम मूल्याङ्कन ४० हजार रूपैयाँ न्यूनतम डाउन पेमेन्ट ६० हजार र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा ० प्रतिशत ब्याजदर प्रदान गर्नेे भएको छ।

साथै, ग्राहकलाई बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिशत छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ।

मंसिर २०, २०७९ मंगलबार १४:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।