चन्द्रपुर, नारायणगढ र हेटौंडामा गल्फ लुब्रिकेन्टको शोरुम

चन्द्रपुर, नारायणगढ र हेटौंडामा गल्फ लुब्रिकेन्टको शोरुम

काठमाडौं : गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले चन्द्रपुर, नारायणगढ र हेटौंडामा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

चन्द्रपुरमा जैसवाल त्रेदिंग कन्सर्न, नारायणघाटमा आशिर्वाद अटो त्रेदिंग  र हेटौंडामा दिव्या बिजनेस कन्सर्नमार्फत नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो।

ग्राहकलाई उच्च सेवा प्रदान गर्न र सजिलै उपलब्ध गराउन नयाँ शोरुमहरू सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

शोरुम उद्घाटनमा कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड गल्फ नेपालमा सबैभन्दा धेरै बिक्री हुने लुब्रिकेन्ट भएको दाबी गरे।

मंसिर २०, २०७९ मंगलबार १४:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।