समानुपातिकमा २८ लाख २४ हजार मतसहित एमालेको अग्रता कायमै

समानुपातिकमा २८ लाख २४ हजार मतसहित एमालेको अग्रता कायमै

काठमाडौं: प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेको अग्रता कायमै छ। आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार १२२ मत प्राप्त गरेको छ।

नेपाली कांग्रेसले २६ लाख ९५ हजार ४३८, माओवादी केन्द्रले ११ लाख ६७ हजार ३९३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २६ हजार ७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८७ हजार ५५६ मत प्राप्त गरेका छन्।

साथै, जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ५५, जनमत पार्टीले तीन लाख ९४ हजार ५६१, एकीकृत समाजवादी पार्टीले दुई लाख ९६ हजार ५७१, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ६९६ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ३१५ मत प्राप्त गरेका छन्।

प्रदेश सभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले ६ लाख ६५ हजार ४६०, कांग्रेसले पाँच लाख ६२ हजार ९५६, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९८ हजार ५११, माओवादी केन्द्रले एक लाख ८१ हजार २४५ र जनता समाजवादी पार्टी, नेपालले ६१ हजार ७२३ मत प्राप्त गरेका छन्।

मधेश प्रदेशमा कांग्रेसले चार लाख १४४, एमालेले तीन लाख ५१ हजार ७६८, जनता समाजवादी पार्टी नेपालले दुई लाख ९८ हजार ७७४, जनमत पार्टीले तीन लाख २९ हजार १७७ र माओवादी केन्द्रले एक लाख ८० हजार ८६० मत प्राप्त गरेका छन्। एकीकृत समाजवादीले एक लाख १३ हजार ९१५ मत प्राप्त गरेका छन्।

बागमती प्रदेशमा एमालेले पाँच लाख ६२ हजार ६७५, कांग्रेसले चार लाख ७१ हजार ९६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७२ हजार ८९, माओवादी केन्द्रले दुई लाख ७० हजार ३७२ र नेपाल मजदूर किसान पार्टीले ६८ हजार ६५४  मत प्राप्त गरेका छन्।

गण्डकी प्रदेशमा एमालेले तीन लाख ६७ हजार ९८९, कांग्रेसले तीन लाख ४९ हजार ६२८, माओवादी केन्द्रले एक लाख १६ हजार ९४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५९ हजार ४८३ र एकीकृत समाजवादी १५ हजार ७६ मत प्राप्त गरेका छन्।

लुम्बिनी प्रदेशमा एमालेले पाँच लाख ७० हजार ९००, कांग्रेसले चार लाख ९९ हजार ९८६, माओवादी केन्द्रले एक लाख ९८ हजार ४५०, राप्रपाले एक लाख २७ हजार ४५२ र नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार ५२१ मत प्राप्त गरेका छन्।

कर्णाली प्रदेशमा एमालले एक लाख ८३ हजार ९५०, कांग्रेसले एक लाख ७० हजार ७५६, माआवादीेले एक लाख ३७ हजार ६२९, एकीकृत समाजवादीले १५ हजार ८६८, राप्रपाले सात हजार ९५१ र नेपाल मजदूर किसान पार्टी आठ हजार ८९३ मत प्राप्त गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा एमालेले दुई लाख ६३ हजार १७, कांग्रेसले दुई लाख ५८ हजार ८२७, माओवादी केन्द्रले एक लाख २० हजार १५९, राप्रपाले ४३ हजार १४२ र नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५५७ मत प्राप्त गरेका छन्।

मंसिर २०, २०७९ मंगलबार १३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।