बर्दिबासमा मोटरसाइकल र ट्रक एकापसमा ठोकिँदा एक जनाको मृत्यु, ट्रक चालक फरार

काठमाडौं: महोत्तरीको बर्दिबास नगरपालिका- २ मसानघट्टामा गए राति मोटरसाइकल र ट्रक एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। एक जना भने घाइते भएका छन्।
मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको सुखिपुर नगरपालिका- ७ का २८ वर्षीय रूपेशकुमार सिंह रहेका छन्। बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारको क्रममा राति १२ बजे सिंहको मृत्यु भएको हो।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार सिरहाकै मिर्चैया नगरपालिका- १० का २० वर्षीय अजयकुमार साहलाई थप उपचारको लागि ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको छ। प्रदेश २-०२-००४ प ६४३४ नम्बरको मोटरसाइकल र ना ६ ख ७७ ११ नम्बरको ट्रक आपसमा ठोकिएका थिए।
दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।
मंसिर २०, २०७९ मंगलबार १२:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।