तीनकुनेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, अर्को घाइते

तीनकुनेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, अर्को घाइते

काठमाडौं: काठमाडौंको तीनकुने मुनिभैरवस्थित सडकखण्डमा आज बिहानै बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने २५ वर्षीय रोमित रिजाल रहेका छन्। उनलाई उपचारको लागि सिभिल अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार सप्तरीको अग्निसायर गाउँपालिका घर भई हाल भक्तपुरको दुवाकोट बस्ने २२ वर्षीय उदित चौधरीको सोही अस्पतालमै उपचार भइरहेको छ।

कोटेश्वरबाट सिनामङ्गलतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४८ ४० नम्बरको बसले बानेश्वरबाट कोटेश्वरतर्फ जादै गरेको बा८१प २७ ९९ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ४ बजे ठक्कर दिएको थियो।

दुवै सवारी साधनसहित बस चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।

मंसिर २०, २०७९ मंगलबार १२:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।