आज तोलामा ६ सयले घट्यो सुनको मूल्य

आज तोलामा ६ सयले घट्यो सुनको मूल्य

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा एकैदिन ६ सय रुपैयाँले घटेको हो।

जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला ९८ हजार ८०० कायम भएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला २५ रुपैयाँले घटेर चाँदी एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।

मंसिर २०, २०७९ मंगलबार १२:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।