मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ट्रक पुलमुनि खस्यो, चालकको मृत्यु

काठमाडौं: नारायणगढ–मुग्लिङ सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ। मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो।
दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए।
उनले मृतकको आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने बताए।
मंसिर २०, २०७९ मंगलबार १०:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।