प्रदेश १ र गण्डकीका पहाडी भू-भागमा मौसम बदली हुने

प्रदेश १ र गण्डकीका पहाडी भू-भागमा मौसम बदली हुने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १ र गण्डकीका पहाडी भू-भागमा मौसम बदली हुने जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले अन्य स्थानमा भने मौसम सफा रहनेछ।

यतिबेला पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ र गण्डकीको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश १ र गण्डकीका पहाडी भू-भागलगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १९.९ डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस रहनेछ। महाशाखाका अनुसार आज जोमसोमको न्यूनतम तापक्रम माइनस पाँच (-५) डिग्री रहनेछ।

मंसिर २०, २०७९ मंगलबार ०८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।