प्रतितोला सुनको मूल्य झण्डै-झण्डै एक लाख रुपैयाँ

काठमाडौं: नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ। आज अघिल्लो कारोबार मूल्यका तुलनामा एकैदिन तोलामा चार सयले सुनको मूल्य बढेको हो।
हिजो प्रतितोला ९९ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९९ हजार ९०० पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० छ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा एक हजार ३८५ पुगेको महासङ्घले जनाएको छ।
मंसिर १९, २०७९ सोमबार ११:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।