महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ र कटारीमा टिपरले ठक्कर दिँदा दुई जना घाइते

काठमाडौं: महोत्तरीको मनराशिस्वा नगरपालिका- ३ मा गए राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी नम्बर प्लेटको एम्बुलेस गए राति साढे १० बजे पल्टिएको थियो।
घाइतेहरूको उपचार जानकी एकेडेमी अस्पतालमा भइरहेको छ। घाइतेमध्ये महोत्तरीकै रामगोपालपुर- ९ की २४ वर्षीया बिनीता देवीको अवस्था गम्भीर रहेको महोत्तरी प्रहरीले जनाएको छ।
यस्तै उदयपुरको कटारी नगरपालिका- ४ खसीबजारमा हिजो साँझ टिपरको ठक्करबाट दुई जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ४० वर्षीया कल्पना कार्की र ६० वर्षीय हेमबहादुर पौडेल रहेका छन्।
घाइतेमध्ये कार्कीलाई उपचारको लागि काठमाडौं ल्याइएको छ। पौडेल भने उपचारपश्चात डिस्चार्ज भइसकेका छन्।
खोटाङबाट कटारी आउँदै गरेको ना७ख १०८५ नम्बरको टिपरले पैदल हिँडिरहेका दुई जनालाई ठक्कर दिएको थियो। टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंसिर १९, २०७९ सोमबार ०९:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।