रुपन्देहीमा ट्र्याक्टरले किचेर ट्र्याक्टरकै हेल्परको मृत्यु

रुपन्देहीमा ट्र्याक्टरले किचेर ट्र्याक्टरकै हेल्परको मृत्यु

काठमाडौं: रुपन्देहीको सैनामैना नगरपालिका- २ रिङरोडमा हिजो ट्र्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ट्र्याक्टरका हेल्पर (सहयोगी) सैनामैना नगरपालिका- ४ झारबैराका ६० वर्षीय ठगे थारु रहेका छन्।

तिनाउ अस्पताल बुटवलमा उपचारको क्रममा साँझ ६ बजे थारुको मृत्यु भएको हो। हिजो साँझ सवा ५ बजे लु२त ६१८५ नम्बरको ट्र्याक्टरबाट खसेका थारुलाई सोही ट्याक्टरको पछाडिको चक्काले किचेको थियो।

ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय रन्यौराले जानकारी दिएको छ।

मंसिर १९, २०७९ सोमबार ०८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।