विश्वकप: क्वार्टरफाइनलमा पुग्न जापान-क्रोएसिया र ब्राजिल-दक्षिण कोरिया भिड्ने

विश्वकप: क्वार्टरफाइनलमा पुग्न जापान-क्रोएसिया र ब्राजिल-दक्षिण कोरिया भिड्ने

काठमाडौं: कतारमा जारी विश्वकपको अन्तिम १६ अन्तर्गत आज दुई खेल हुँदैछ। पहिलो खेलमा जापान र क्रोएसिया भिड्नेछन् भने दोस्रोमा दक्षिण कोरिया र ब्राजिल आमनेसामने हुँदैछन्।

एसियाली महाशक्ति राष्ट्र जापान र साविक उपविजेता क्रोएसियाबीचको खेल नेपाली समयअनुसार आज राति ८:४५ बाट सुरु हुनेछ। जापानले समूह 'ई'को विजेता बन्दै समूह 'एफ'को उपविजेतासँग भिडन्त पक्का गरेको हो।

उपाधिको दावेदार भनिएको ब्राजिल र एसियाकै अर्को राष्ट्र दक्षिण कोरियाबीचको खेल नेपाली समयअनुसार राति १२:४५ बाट सुरु हुनेछ। ब्राजिल समूह 'जी'को विजेता बन्दै समूह 'एच'को उपविजेता दक्षिण कोरियासँग भिड्ने तय भएको हो।

आजको दुई खेलका विजेता क्वार्टरफाइनल पुग्नेछन् र क्वार्टरफाइनलमा एकअर्कासँग भिड्नेछन्।

मंसिर १९, २०७९ सोमबार ०८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।