दोलखा: माओवादी*का कार्कीभन्दा एमालेका शिवाकोटी ३० मतले अगाडि

काठमाडौं: दोलखाको प्रतिनिधि सभा सदस्यको जारी मतगणनामा एमालेका उम्मेदवार झिनो मतान्तरले अगाडि छन्। एमालेका बालकृष्ण शिवाकोटी माओवादी केन्द्रका गंगा कार्कीभन्दा ३० मतले अगाडि छन्।
शिवाकोटीले ३३ हजार ९३९ मत पाएका छन् भने कार्कीले ३३ हजार ९०९ मत पाएका छन्। ओराङ क्षेत्रको मत गन्दा शिवाकोटी अगाडि देखिएका हुन्।
यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल छन्। उनले तीन हजार ५०४ मत पाएका छन्।
अब विगु गाउँपालिकाको लामाबगर, शैलुङ गाउँपालिकाको दूधपाेखरी र भूषाफेदा र मेलुङ गाउँपालिकाको पवटी क्षेत्रको मतगणना हुन बाँकी छ।
*माओवादी केन्द्र हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको
मंसिर १९, २०७९ सोमबार ०७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।