प्रदेश १, गण्डकी र लुम्बिनीमा मौसम आंशिक बदली हुने

प्रदेश १, गण्डकी र लुम्बिनीमा मौसम आंशिक बदली हुने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली हुने जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएकाले अन्य भू-भागमा भने मौसम सफा रहनेछ।

यतिबेला प्रदेश १ को पहाडी भू-भागमा तथा उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली भइरहेको छ। अन्य भू-भागमा मौसम सामान्यतया सफा छ।

आज दिउँसो प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर १९, २०७९ सोमबार ०७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।