दोलखामा रोचक बन्दै चुनावी प्रतिस्पर्धा, माओवादीका कार्की फेरि अगाडि

काठमाडौं : दोलखाको चुनावी प्रतिस्पर्धा रोचक बनिरहेको छ। प्रतिस्पर्धामा माओवादी केन्द्रका गङ्गा कार्कीले अग्रता बनाएका छन्।
सुरुवाती अग्रता कार्कीले नै बनाएको भए पनि भिमेश्वर नगरपालिकाको मतगणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता बनाएका थिए। पुनः कार्कीले नै अग्रता बनाएका हुन्।
५६ हजार ३२१ मत गणना गर्दा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका कार्कीले २५ हजार दुई सय मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी एमालेका शिवाकोटीले २३ हजार चार सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।
मंसिर १८, २०७९ आइतबार २२:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।