पहिलो हाफमा फ्रान्सको अग्रता, ओलिभर जिराउडको गरे गोल

पहिलो हाफमा फ्रान्सको अग्रता, ओलिभर जिराउडको गरे गोल

काठमाडौं : विश्वकप फुटबलको नकआउट चरणको आइतबारको पहिलो खेलमा फ्रान्सले अग्रता बनाएको छ।

पहिलो हाफ सकिँदा खेलको ४४औं मिनेटमा ओलिभर जिराउडले फ्रान्सका लागि गोल गरे। त्यसपछि पहिलो हाफमा २ मिनेटमात्र समय थप गरिएको थियो।

समूह ‘डी’मा रहेको फ्रान्स समूह चरणमा अस्ट्रेलिया र डेनमार्कलाई क्रमशः ४–१ र २ –१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको थियो। ट्युनिसियासँगको खेलमा भने फ्रान्स १–० ले पराजित भएको थियो।

यस्तै, समूह ‘सी’मा रहेको पोल्याण्ड भने साउदी अरेबियालाई २–० गोलले हराउँदा अर्जेन्टिनासँग २–० ले नै पराजित भएको थियो। मेक्सिकोसँग भने उसले गोलरहीत बराबरी खेलेको थियो।

मंसिर १८, २०७९ आइतबार २१:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।