स्कटल्याण्डसँग नेपाल ३ विकेटले पराजित, अंकतालिकामा पुच्छारबाट दाेस्राे

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तरगत नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको छ।
१३८ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले ३२.१ ओभरमा सात विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४३ रन बनाए।
यस्तै, ब्रान्डन म्याकलन अविजित ३२, माइकल लिसक २२, जर्ज मुन्सी १७, म्याथू क्रसले १३ रन जोडे। मार्क वाटले ४ रन बनाउँदा केल कुइट्जर र रिची ब्रिङ्टनले समान ३–३ रन बनाए। रफ्यान रशिफ पनि २ रन बनाएर नटआउट खेले।
नेपालका ललित राजवंशी, गुल्सन झा र सागर ढकालले समान दुई–दुई विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।
त्यसअघि नामिबियाको युनाइटेड क्रिकेट क्लबको मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १३७ रन बनायो।
नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाए। ज्ञानेन्द्र मल्ल २५, अर्जुन साउद १८, कप्तान रोहित पौडेल १७, आरिफ शेख १०, दीपेन्द्रसिंह ऐरी ९, करण केसी ८, आशिफ शेखले ७, ललित राजवंशी ३ रनमा आउट हुँदा सागर ढकाले ४ रनमा अविजित रहे।
बलिङतर्फ स्कटल्याण्डका क्रिस सोलले तीन, मार्क वाटले दुई तथा ब्रान्डन मक्मुलेन, सफ्यान शरिफ र माइकल लिस्कले समान एक–एक विकेट लिए।
योसँगै स्कटल्याण्ड ३० खेलमा २१ खेल जितेर समूहको शीर्ष स्थानमा उक्लिएको छ। पराजित नेपाल २२ खेलमा ८ जित निकाल्दै पुच्छारबाट दोस्रो स्थानमा छ।
मंसिर १८, २०७९ आइतबार १९:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।