स्कटल्याण्डलाई नेपालकाे १३७ रनको लक्ष्य, सर्वाधिक ठूलाे स्काेररले ल्याए २९ रन

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत त्रिकोणात्मक खेलमा नेपालले स्कटल्याण्डलाई १३८ रनको लक्ष्य दिएको छ।
नामिबियाको युनाइटेड क्रिकेट क्लबको मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १३७ रन बनायो।
नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाए। ज्ञानेन्द्र मल्ल २५, अर्जुन साउद १८, कप्तान रोहित पौडेल १७, आरिफ शेख १०, दीपेन्द्रसिंह ऐरी ९, करण केसी ८, आशिफ शेखले ७, ललित राजवंशी ३ रनमा आउट हुँदा सागर ढकाले ४ रनमा अविजित रहे।
बलिङतर्फ स्कटल्याण्डका क्रिस सोलले तीन, मार्क वाटले दुई तथा ब्रान्डन मक्मुलेन, सफ्यान शरिफ र माइकल लिस्कले समान एक–एक विकेट लिए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
यसअघि शुक्रबार भएको नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले अंक बाँडेका थिए।
मंसिर १८, २०७९ आइतबार १६:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।