म्यादी प्रहरी मायाको हत्या आरोपी सशस्त्र प्रहरी जवान पक्राउ

काठमाडौं : म्यादी प्रहरी २१ वर्षीय माया लुहारको हत्याको आरोपमा सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन्। उनी कञ्चनपुरबाट पक्राउ परेका हुन्।
उनी आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुष्टि गरेको छ।
उनी सशस्त्र प्रहरी बलको हुल तथा दङ्गा तालिम व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत थिए। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा म्यादी प्रहरी भएर काम गरेकी मायाको शव घाटी रेटेको अवस्थामा फेला परेको थियो।
बजार गएकी उनी घर नफर्किएपछि खोजी गर्दा बुधवार शिवनाथ गाउँपालिका ६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो। उनीसँगै कुलाउ गएकी मृतककी भदै नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरी घाइते बनाइएको अवस्थामा फेला परेकी थिइन्।
अनुसन्धानमा भरतराम शंकामा परेपछि प्रहरीले खोजी सुरु गरेको थियो।
मंसिर १८, २०७९ आइतबार १५:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।