२ अंकले बढ्यो नेप्से, नबिल बैंकको मात्र १९ करोडको कारोबार

२ अंकले बढ्यो नेप्से, नबिल बैंकको मात्र १९ करोडको कारोबार

काठमाडौं : कारोबार हुने साताको पहिलो दिन आइतबार शेयर बजारमा सामान्य सुधार आएको छ।

यसदिन नेप्से परिसूचक २.१६ अंकले बढेर १९६३ विन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक ०.३ अंकले बढेर ३८४ विन्दुमा छ।

बजार सामान्य अंकले मात्र बढे पनि यसदिन कारोबार रकममा भने सुधार आएको छ। २४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच हुँदा आइतबार १ अर्ब ५६ करोड १७ लाखको कारोबार भएको छ।

तेह्र उपसूचक समूहमध्ये बैंक, विकास बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधन समूह घट्दा अन्य समूहमा भने सुधार आएको छ। सबैभन्दा बढि जीवन बीमा समूह १.९८ प्रतिशतले बढेको छ।

यसदिन सबैभन्दा बढि नबिल बैंकको कारोबार भएको छ भने दोस्रो स्थानमा नेस्डो समृद्ध लघुवित्त छ। नबिल बैंकले मात्र १९ करोडको कारोबार गर्दा नेस्डोले ८ करोडको कारोबार भएको छ।

मंसिर १८, २०७९ आइतबार १५:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।