दोलखामा एमाले र माओवादी उम्मेदवारबीच १३ सयको मतान्तर

दोलखामा एमाले र माओवादी उम्मेदवारबीच १३ सयको मतान्तर

काठमाडौं : दोलखाको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाम एमाले र माओवादी केन्द्रका उम्मेदवारको १३ सय मतको अन्तर भएको छ।

दिउँसो ३ बजेसम्म गणना भएको मतअनुसार प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवारले अग्रता बनाएका छन्।

एमालेका बालकृष्ण शिवाकोटीले १९ हजार ७४४ मत पाउँदा माओवादीका गंगा कार्कीले १८ हजार ३८५ मत पाएका छन्। उनीहरूबीचको मतान्तर १ हजार ३५९ छ।

सुरुवाती चरणमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिए पनि दोलखाको भीमेश्वर नगरपालिकाको मतगणना थालेपछि एमालेका उम्मेदवार अगाडि भएका हुन्।

मंसिर १८, २०७९ आइतबार १५:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।