एक्सनमा प्राधिकरण, पाँच दिनभित्र मिटर नजोडिए सिधै केन्द्रमा फोन गर्न आग्रह

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले आवेदन दिएको पाँच दिनभित्र मिटर कनेक्सन नजोडिए सिधै केन्द्रमा जानकारी गराउन भनेको छ।
आइतबार सार्वजनिक सूचना निकालेर प्राधिकरणले सिंगल पेज मिटर पाँच दिनभित्र र थ्रीफेज मिटर १० दिनभित्र नजोडिए सिधै केन्द्रीय कार्यालयकाे माेबाइल नम्बर ९८५१३२२११७ मा फोन गरेर जानकारी गराउन आग्रह गरेको हो।
प्राधिकरण आफ्ना ग्राहकलाई छिटोछरितो रूपमा सेवा प्रवाह गर्न सदैव अग्रसर रहेको जानकारीसमेत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ।
मंसिर १८, २०७९ आइतबार १४:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।