भर्ना तथा छनोटमा पूर्व प्रहरीका सन्ततिलाई प्राथमिकता दिने महानिरीक्षक सिंहको प्रतिबद्धता

बाँके : प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पूर्व प्रहरी कर्मचारीका सन्ततिहरूलाई स्कुल भर्ना तथा प्रहरीको भर्ना छनोटमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बाँकेमा भएको पूर्व प्रहरी कर्मचारीहरूसँगको अन्तरक्रियामा सिंहलृ पूर्व प्रहरी कर्मचारीहरूको हकहितको लागि संगठनबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरे।
पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति बाँकेका अध्यक्ष पूर्व प्रहरी निरीक्षक गंगाबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित पूर्व प्रहरी कर्मचारीहरूले आ–आफ्ना जिज्ञासा राखेका थिए।
सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज)का प्रमुख, लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगञ्जका प्रमुख लगायतका प्रहरी अधिकृतहरूको उपस्थिति थियो।
मंसिर १८, २०७९ आइतबार १४:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।