गौरीघाट पुलमुनि पुरुषको शव भेटियो

फाइल तस्बिर
काठमाडौं : काठमाडौंको गौरीघाट पुलमुनि एक पुरुषको शव भेटिएको छ।
काठमाडौं महानगरपालिका–७ गौरीघाट चोक पुलमुनि अन्दाजी ५० वर्षीय पुरुषको शव भेटिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ।
मृत भेटिएका व्यक्तिको अहिलेसम्म नाम, थर, वतन खुलेको छैन। शव शनिबार भेटिएको थियो।
मंसिर १८, २०७९ आइतबार १४:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।