नाबालिग बलात्कार आरोपमा २६ वर्षीय बुढा पक्राउ

नाबालिग बलात्कार आरोपमा २६ वर्षीय बुढा पक्राउ

डोल्पा : १४ वर्षीया नाबालिग बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ठुलीभेरी नगरपालिका–५ बस्ने २६ वर्षीय कुमार बुढा रहेका छन्। उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा बलात्कार गरेको प्रहरी चौकी माझफालले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मंसिर १८, २०७९ आइतबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।