स्कटल्याण्डको सामना गर्दै नेपाल, टस हारेर पहिला ब्याटिङ गर्ने

तस्बिर: क्यान
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेल्दैछ। आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नामिबियामा रहेको नेपालको यो दोस्रो खेल हो।
यसअघि पहिलो खेलमा नेपाल र नामिबिया भिडेका थिए। सो खेल वर्षाले रद्द भएको थियो।
आजको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।
स्कटल्याण्ड पनि आज दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा नामिबियालाई स्कटल्याण्डले ४ विकेटले हराएको थियो।
मंसिर १८, २०७९ आइतबार १३:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।