शनिबार साँझ सुर्खेतमा जीप दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौं: सुर्खेतको बराहताल गाउँपालिका- ८ दमारे नजिकै हिजो साँझ जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जीपमा सवार १० जनामध्ये ६ जना घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी बांगेसिमलले जनाएको छ।
तीन जनाको उपचार सुर्खेत जिल्ला अस्पतालमा भइरहेको छ। बाँकी तीन जना भने उपचार पश्चात डिश्चार्ज भइसकेका छन्।
जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। कालीकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे१ज १००५ नम्बरको जीप हिजो बेलुकी ८ बजे अनियन्त्रित भएर सडकबाट करिब १५ मीटर तल खसेको थियो।
मंसिर १८, २०७९ आइतबार ११:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।