पेले भन्छन्- ' विश्वकपमा ब्राजिलको प्रदर्शनले ऊर्जा दियो, म धेरै आशाका साथ बलियो भएको छु'

एजेन्सी: ब्राजिलका महान् फुटबलर पेलेले आफू आशावान् र बलियो भएको बताएका छन्। साओ पाउलोको एक अस्पतालमा उपचाररत पेलेले शनिबार एक विज्ञप्ति जारी गर्दै आफूलाई प्राप्त भएको साथ र विश्वकपमा ब्राजिलको प्रदर्शनले थप ऊर्जा मिलेको बताएका हुन्।
त्यसअघि अस्पतालले उनको अवस्था स्थिर भएको र उपचार जारी रहेको जनाएको थियो। पेलेको शरीरले केमोथेरापीलाई प्रतिक्रिया नगरेपछि उनलाई 'एण्ड अफ लाइफ केयर' अर्थात् अन्तिम हेरचाहका लागि तयारी गरेको थियो।
तीन वटा विश्वकपको उपाधि जितेका ८२ वर्षीय पेलेको पेटबाट सेप्टेम्बर २०२१ मा ट्युमर निकालिएको थियो।
शनिबार जारी विज्ञप्तिमा भनिएको छ- 'साथीहरू म सबैलाई शान्त र सकारात्मक हुन आग्रह गर्छु। धेरै आशाका साथ म बलियो छु र म सदाझैँ आफ्नो उपचार गराइरहेको छु।'
मंसिर १८, २०७९ आइतबार ०८:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।