पहाडी भू-भागका थोरै स्थानमा बदली, बाँकी भागमा मौसम सफा रहने

पहाडी भू-भागका थोरै स्थानमा बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू-भागका थोरै स्थानमा बदली र बाँकी भागमा मौसम सफा हुने जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

यतिबेला देशका पहाडी भू-भागका एक-दुई स्थानमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति बागमती प्रदेश, मधेश प्रदेश लगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर १८, २०७९ आइतबार ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।