दोलखा: करिब साढे ३४ हजार मत गन्दा एमालेका शिवाकोटी अगाडि

दोलखा: करिब साढे ३४ हजार मत गन्दा एमालेका शिवाकोटी अगाडि

काठमाडौं: दोलखामा प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। हालसम्म ३४ हजार ४८१ मत गणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले १५ हजार ३६३ मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले १४ हजार ३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

दोलखाको प्रदेश सभा (क) मा गठबन्धन अगाडि देखिएको छ भने (ख) मा एमाले अगाडि छ। प्रदेश सभा (क) मा २९ हजार ४९३ मत गणना गर्दा कांग्रेसका कुन्दनराज काफ्लेले १४ हजार ७५९ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ११ हजार ५१७ मत प्राप्त गरेका छन्।

प्रदेश सभा (ख) मा ३० हजार तीन मत गणना हुँदा एमालेका भरत केसीले १६ हजार ३३७ मत ल्याएर अग्रता लिएका छन्। कांग्रेसका बर्मा लामाले १२ हजार ५८ मत पाएर पछ्याइरहेका छन्।

जिल्लामा समानुपातिकतर्फ २३ हजार ६१६ मत गणना गर्दा एमालेले नौ हजार ३७३, कांग्रेसले सात हजार ४३ र माओवादी केन्द्रले तीन हजार २४७ मत पाएका छन्। दोलखामा कुल ८५ हजार ३८८ मत खसेको थियो।

मंसिर १८, २०७९ आइतबार ०७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।