स्याङ्जा–२ मा पूर्वमन्त्रीसमेत रहेकी एमालेकी पद्मा अर्यालको हार निश्चित

काठमाडौं : स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहेकी एमालेकी पद्मा अर्यालको हार निश्चित भएको छ।
कुल खसेको ७० हजार १९१ मतमध्ये ६८ हजार ५०८ मत गणना हुँदा अर्याल कांग्रेसका धनराज गुरुङभन्दा ५ हजार ७६६ मतान्तरले पछि छन्।
कांग्रेस उम्मेदवार गुरुङले ३० हजार ९६९ मत पाएका छन् भने पद्माले २५ हजार २०३ मत पाएकी छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १८ मत पाएका छन्।
प्रदेशसभा २ मा पनि कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन्।
कांग्रेसका महेश भट्टराईले १८ हजार ३७८ मत पाएका छन् भने एमालेका वुद्धिमान श्रेष्ठले १६ हजार २४३ मत पाएका छन्।
मंसिर १७, २०७९ शनिबार २०:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।