प्रतिनिधिसभाकाे समानुपातिकतर्फ १ करोड ४ लाख मत गनियाे

काठमाडौं : प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ४ लाख ४ हजार ७६६ मतगणना सम्पन्न भएको छ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार एमालेले २७ लाख ८३ हजार ३८८ मत पाउँदा नेपाली कांग्रेसले २६ लाख ५२ हजार ६२८ मतसहित दोस्रो स्थानमा रहेको छ।
माओवादी केन्द्र ११ लाख ६१ हजार ८८०, राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार २५९, जनता समाजवादी पार्टी नेपाल ४ लाख २० हजार ९४३ र जनमत पार्टीले तीन लाख ९४ हजार ३८५ मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकी छ।
प्रतिनिधिसभातर्फ पछिल्लो मतपरिणामअनुसार कांग्रेस ५५ स्थानमा विजयी भएको छ भने एमालेले ४४ स्थानमा जित हासिल गर्दै दोस्रो स्थान कायम गरेको छ।
यस्तै माओवादी केन्द्र १७, एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान सात स्थानमा जित हासिल गरेका छन्।
स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादीको चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान एक स्थानमा विजयी भएका छन्।
मंसिर १७, २०७९ शनिबार १५:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।