स्याङ्जा–२ मा गुरुङ र अर्यालबीच ४६ सयको मतान्तर

काठमाडौं : स्याङ्जा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा ४ हजार ६ सय मतान्तरसहित प्रतिस्पर्धा भइरहेको छ।
यहाँ सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धनराज गुरुङले २७ हजार ३२ मत पाउँदा एमालेकी पद्मा अर्यालले २२ हजार ४०१ मतसहित पछ्याइरहेकी छन्।
बुथ कब्जा भएको भन्दै एमालेकी उम्मेदवार अर्यालले निर्वाचन आयोगमा उजुरी दिएपछि यहाँको मतगणना रोकिएको थियो।
आयोगले टोलीले स्थलगत निरीक्षण गरिसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई मतगणना गर्न निर्देशन दिएको हो। अर्यालले यहाँ पुनः मतदान गराउन माग गरेकी थिइन्।
मंसिर १७, २०७९ शनिबार १५:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।