होटलबाट घर हिँडेका पुरुषको शव जंगलमा भेटियो

गोरखा : होटलबाट घर जान्छु भनेर हिँडेका एक पुरुष जंगलमा मृत अवस्थामा भेटिएका छन्।
धार्चे गाउँपालिका–५ लप्सिबोट घर भई चुमनुब्री गाउँपालिका–५ बिहिमा होटल गरी बस्ने ४१ वर्षीय पूर्ण बहादुर गुरुङ मृत अवस्थामा भेटिएका हुन्।
चुमनुब्री गाउँपालिका–५ स्थित पेवा र न्याक फेदीबीचको जंगलको बाटोमा शुक्रबार उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ।
गत मंगलबार होटलबाट घर जान्छु भनी हिँडेका उनी घर नपुगेपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो।
मंसिर १७, २०७९ शनिबार १५:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।