आईपीएलमा पनि खेलाडी परिवर्तन गर्न मिल्ने नियम ल्याउँदै बीसीसीआई

एजेन्सी: भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईपीएलको आउँदो संस्करणमा खेलाडी परिवर्तन गर्न मिल्ने नियम ल्याउने तयारी गरेको छ। नियमअनुसार फुटबलमा जस्तै आईपीएलमा पनि खेल चलिरहँदा खेलाडी परिवर्तन (सब्स्टिट्युट) गर्न सकिनेछ।
बीसीसीआईले यो नियम लागू गराउनलाई सबै टिमलाई सन्देश पनि पठाएको छ। यो नियम लागू भएको खण्डमा आईपीएलमा एउटा टोलीबाट १२ जना खेलाडीले खेल्न पाउनेछन्। यद्यपि एउटा खेलाडीको विकल्पमा मात्र अर्को खेलाडी मैदान छिर्न पाउनेछन्। एकैपटकमा १२ खेलाडी भने मैदानमा उत्रन पाउने छैनन्।
तर कुन-कुन खेलाडीलाई सब्स्टिट्युट गराउने भनेर हरेक टोली खेलअघि नै प्लेइङ ११ सँगै ४/४ जना थप खेलाडीको नाम समेत दिनुपर्नेछ। र परिवर्तन गर्न चाहेमा १४ ओभरअगावै गर्नुपर्नेछ। अन्तिमको ६ ओभर बिनापरिवर्तन खेल्नुपर्नेछ।
बीसीसीआईले छिटै यसबारे विस्तृतमा बताउने उल्लेख गरेको छ। बीसीसीआईले यो अवधारणा भारतकै मुश्ताक अली ट्रफीबाट लिएको हो। त्यहाँ खेलाडी परिवर्तन गर्ने प्रकियालाई 'इम्प्याक्ट प्लेयर' भनिन्छ। यस्तै अष्ट्रेलियाको चर्चित बिग ब्यास लिगमा पनि 'एक्स फ्याक्टर' अवधारणा अन्तर्गत खेलाडी परिवर्तन गर्न मिल्छ।
मंसिर १७, २०७९ शनिबार १४:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।