बाजुरा: प्रतिनिधि सभातर्फ कांग्रेसका पाण्डेले मतान्तर बढाउँदै

बाजुरा: प्रतिनिधि सभातर्फ कांग्रेसका पाण्डेले मतान्तर बढाउँदै

काठमाडौं: बाजुरामा प्रतिनिधि सभा सदस्य पदको मतगणना हाल जारी छ। बुधबार साँझ ६ः३० बजेदेखि सुरु भएको मतगणनामा हालसम्म नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो अग्रता बनाएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत पाएका छन्।

हाल एमालेका उम्मेदवार थापाको गृहनगर बूढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ। 

यस्तै प्रदेश सभा (क) मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले सात हजार पाँच सय २५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बलदेव रेग्मीले सात हजार दुई सय सात मत प्राप्त गरेका छन्।

यस प्रदेशको स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना भइरहेको छ।

यसैगरी प्रदेश सभा (ख) मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले नौ हजार २२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले सात हजार चार सय ४७ मत प्राप्त गरेका छन्।

एमालेका उम्मेदवार थापाले कांग्रेसका उम्मेदवार शाहीलाई एक हजार पाँच सय ७५ मतले पछ्याइरहेका छन्।

एमालेका उम्मेदवार थापा विसं २०७४ को प्रतिनिधि सभाका निर्वाचित भएका थिए। वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बनेर सङ्घीय संसद्का सदस्य बनेका थापा यसपटकको निर्वाचनमा भने प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका हुन्।

मंसिर १७, २०७९ शनिबार १०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।